जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ : मन्त्री किराँती

स्टार संवाददाता
स्टार संवाददाता

बुटवल । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गर्दा हुने बताएक छन् । नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको भन्दै यस्तो बताएका हुन् ।

 

उनले भने, ‘जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ । किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् तर ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ ।’ निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने मन्त्री किराँतीले बताए ।

 

उनले साना–ठूला गरी कम्तीमा ५० वटा जहाज निगमको हुनुपर्ने बताए । भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको भन्दै उनले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने आश्वासन समेत दिएका हुन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.