खाणको पक्षमा  १५ वकिलको बहस : प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको इमेज ड्यामेज गरियो 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व मन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको  तर्फबाट १५ जना वकिलले बहस गरेका छन् । नक्कली शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत, काठमाडौंमा  खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका हुन् । खाणको पक्षका वकिलले डेढ दिन लगाएर गरेको बहसमा पहिलो दिन मंगलबार १० जनाले बहस गरे । यस्तै बुधवार थप पाँच जना वकिलले बहस गरेका हुन् ।

बुधबार खाँणको तर्फबाट पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो लगायतले बहस गरेका छन् ।  उनीहरूले बहस गर्ने क्रममा  प्रधानमन्त्री हुने सम्भावना भएका व्यक्तिको चरित्र हत्या भएको दाबी गरेका छन् । भविष्यमा कांग्रेस पार्टीको सभापति बन्न सक्ने सम्भावना बोकेको मान्छेलाई ड्यामेज गरिएको उनीहरूको जिकिर थियो ।   खाँणको साथबाट बरामद भएको कागज भनेर प्रहरीले अभियोग पत्रमा समावेश गरेको दसी प्रमाणमा समेत प्रश्न उठाएका छन् ।

खाँणसहित यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १३ जनाको बहस भएको छ । अझै ५ जनाको थुनछेक बहस हुन बाँकी छ । अभियुक्त टेकनाथ रिजाल, आङ्टावा शेर्पा, लक्ष्मी महर्जन, शमशेर मियाँ र हरिभक्त महर्जनको बहस बाँकी रहेको अदालतले जनाएको छ । प्रतिवादीहरूका तर्फबाट बहस सकिएपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.