प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार ८ बजे

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागि बिहीबार बोलाइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार बुधबार उजुरीकर्ताहरूसँगको छलफलपछि कार्कीलाई बिहीबार ८ बजेका लागि बोलाउने निर्णय भएको हो ।
उनले ७ जना उजुरीकर्ताहरूसँग उजुरीबारे एक्लाएक्लै र बाँकीसँग सामूहिक छलफल गरिएको जानकारी दिए । संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइका लागि प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई बोलाउने निर्णय गरेको हो । उजुरीकर्ताहरूको छलफलबीच भएको विवादका कारण अवरोध सिर्जना हुने भएपछि समितिले केही उजुरीकर्ताहरूसँग मात्रै छलफल गरेको थियो ।
बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका हुन् । सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । कार्कीको बिहीबार संसदीय सुनुवाइ हुने तयारी भइरहँदा समितिले बुधबार उजुरीकर्ताहरूलाई छलफलमा बोलाएको हो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...