सर्वोच्चबाट नागरिकता प्रदान गर्ने अविलम्ब आदेश नआए सत्याग्रहमा बस्ने माओवादी नेताको चेतावनी
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले नागरिकता विधेयक सम्बन्धि आदेश अविलम्ब सर्वोच्च अदालतबाट नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी शर्माले नागरिकता सम्बन्धि आदेश अदालतबाट नआउँदा लाखौ नेपाली बिचल्लीमा पर्ने भएकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसलाको माग गरेका हुन् ।
नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिएका हुन् । नेपालको संविधान २०७२ जारी भएको करिव ८ वर्ष भैसकेको र संविधान जारी भएको मितिले ३ वर्ष भित्र संघीय संसदबाट कानुन बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिएपनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उनले बताए । नागरिकता विधेयक संघिय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भईसक्दा समेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आईरहेको उनले आरोप लगाए ।
‘संविधान बमोजिम नागरिकता पाउन योग्य १० लाख भन्दा बढी नेपाली यूवाहरुको पिडालाई आत्मसात गत जेठ १७ गतेका दिन नागरिकता विधेयक प्रमाणीकरण भयो र गृहमन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित भयो ।’ शर्माले भने ‘तर षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकैलागि सर्वोच्च अदालत मार्फत षड्यन्त्र सुरु भएको छ । शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...