शिक्षा सम्बन्धी ऐनहरु पारित गर्न दबाब दिँदै संसद भवन अगाडि प्रदर्शन, नेविसंघका १२ जना पक्राउ
काठमाडौं । । उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै संसद भवन अगाडि नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघमा आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेको छन् । बुधबार उनीहरुले शिक्षा सम्बन्धी विभिन्न ऐनहरु संसदमा पेश गरेर पारित गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्दे प्रदर्शन गरेको हुन् ।
प्रदर्शन गर्ने क्रममा प्रहरीले नेविसंघका १२ जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । विभिन्न क्याम्पसका नेविसंघ आवद्ध विद्यार्थीहरु गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन रोकाया, गगन राज गजुरेल, सुदिप शाह, मन्दिप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रबिन तिवारी, गणेश सार्की, रबिन कार्कीलगायत पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई वानेश्वर प्रहरी वृतमा राखिएको छ ।
संघले शिक्षा जस्तो संवेदनशील र अतिआवश्यक विषयमा नीति बनाउने ठाउँमा बसेर मस्यौदा समेत संसद्मा प्रस्तुत नगर्नु गैरजिम्मेवारपूर्ण र सम्पूर्ण विद्यार्थीको अहितमा रहेको भन्दै सरकार मौन बसे आन्दोलन नरोकिने चेतावनी पनि दिएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...