अनलाइन बेटिङलाई प्रोत्साहन गरेको आरोपमा कलाकार बल्छी ध्रुबे पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

यहि प्रकरणमा अन्य १५ जना कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जानकारी दिएको छ । उनीहरूमाथि सामाजिक सञ्जालका भिडिओहरूमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।

 

हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित बनेका श्रेष्ठ पछिल्लो समय ‘हल्ल्का रमाइलो’ र ‘जुठे’मा देखिदै आएका छन् । ‘हल्का रमाइलो’ र ‘जुठे’ उनको लेखन तथा निर्देशन रहेको फिल्म हो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.