देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मध्य तथा पश्चिम तराईका भूभागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको जनाएको छ । अत्याधिक गर्मी, मेघगर्जन, चट्याङ तथा वर्षाबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति भने कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ ।
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...
सदर चिडियाखाना आज बिहानै देखि खुला, प्रवेश शुल्कमा सहुलियत
काठमाडौै । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन आज सदर चिडियाखाना बिहानै देखि खुलेको छ । आज विहान...
बाघकाे आक्रमणबाट एक जना घाइते
काठमाडौं । भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा ‘ मर्निङवाक’ गर्न निस्किएका एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका...
टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही-९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको...