सभामुख घिमिरेले उद्घाटन गरेको  केही घण्टामै महानगरले बन्द गरायो शैक्षिक मेला

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले  सुरु गरेको शैक्षिक मेला काठमाडौं  महानगरपालिकाले स्थगित गरिदिएको छ ।  सभामुख देवराज घिमिरेले बिहीबार बिहान राजधानीको भृकुटीमण्डपमा उद्घाटन गरेको केही घण्टामै महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा गएको टोलीले मेला बन्द गर्न लगाएको हो ।

आफूहरूलाई जानकारी नगराई मेलाको आयोजना गरेको र माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक नहुँदै विद्यार्थीलाई प्रलोभनमा पारेर विद्यालय र कलेज सञ्चालकले विद्यार्थीको भर्ना, नाम दर्ता तथा सम्पर्क नम्बर टिपेर राखेकाले मेला स्थगित गर्नुपरेको महानगरको  भनाइ छ । मेलामा विशेष गरेर एसइई दिएर बसेका विद्यार्थीलाई माथिल्लो तहमा कुन विषय पढ्ने र कुन विषय पढ्दा कति शुल्क लाग्छ लगायतका विषयमा जानकारी गराइएको थियो ।

 

एसइईको नतिजा सार्वजनिक नभएसम्म विद्यार्थी भर्ना प्रक्रिया सुरु नगर्न महानगरले जेठ २४ गते नै सार्वजनिक सूचना जारी गरेर कलेज र विद्यालय सञ्चालकलाई सचेत गराएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.