अब लामो दूरीका बस चढ्न नयाँ बसपार्क नै पुग्नुपर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अब काठमाडौं भित्रिने र बाहिरिने सबै लामो दूरीका सवारीसाधन अनिवार्य रूपमा गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र चलाउनुपर्ने भएको छ । त्यसका लागि लामो दूरीका बस चढ्ने हरेक यात्रीले नयाँ बसपार्क पुग्नैपर्ने हुन्छ भने उपत्यका भित्रिएपछि बसपार्कमा नै झर्नुपर्ने हुन्छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनको अध्यक्षतामा वैशाख २९ गते बसेको सरोकावालाहरूको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्ताव ल्याएर यस्तो नियम बनाएको हो ।

 

सरोकावालाहरूबीच भएका निर्णयहरू असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्ने भन्दै जेठ १९ गते महानगरले सूचना प्रकाशित गरिसकेको छ । जसअनुसार अब लामो दूरीका सवारीसाधनले नयाँ बसपार्कबाहेक अरू ठाउँबाट यात्रु ओराल्न र चढाउन पाउने छैनन् । महानगरले गरेको निर्णय राम्रो भए पनि यसले यात्रुलाई भने असहज हुने बताउँछन् चालक सहचालकहरू ।

 

महानगरले गरेको यो निर्णयको कतिपय विरोध गरे पनि धेरैले भने यसको प्रशंसा गरेका छन् । यात्रुहरूले धेरै ठाउँबाट टिकट काट्दा ठगिने र अलपत्र पर्ने समस्या धेरै भएकाले अब त्यो समस्याको समाधान हुने यात्रु तथा व्यावसायीहरुको बुझाइ छ । कतिपयले भने महानगरको यो निर्णयलाई हतारको निर्णयको रूपमा अर्थ्याएका छन् । यो निर्णय पूर्णपुरले गलत नभए पनि एकाएक गरिएको परिवर्तनले जनमानसमा असर पर्ने बताउँछन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.