उपप्रधानमन्त्री श्रेष्ठसँग अस्ट्रेलिया र बंगलादेशी राजदुतबीच भेट

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदुत फेलिसिटी भोल्कबीच शिष्टाचार भेट भएको छ । बिहीवार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदुत भोल्कबीच शिष्टाचार भेटघाट भएको हो ।

 

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको र अस्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिएका थिए । राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अस्ट्रेलिया जस्तो देशबाट साथको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताएका छन् ।

 

राजदुत भोल्कले भने नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूलाई खुशी लागेको बताए । त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि बंगलादेशका राजदुत सालाउद्दिन नोमन चौधरीबीच भेटवर्ता भएको छ । भेटमा नेपाल र बंगलादेशबीचको सधैँको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत प्रशारण लाइन सम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुङ्गा सावित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । साथै दुईदेशबीच व्यापार सम्झौतामा समेत काम भइरहेको आफुले बुझेको उनको भनाई थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.