प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल-जवाफ सुरु
काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदहरूको सवाल जवाफ कार्यक्रम सुरु भएको छ । शुक्रबार बिहान संघीय संसद् सचिवालयमा संसदीय सुनुवाइ समितिमा कार्कीसँग सांसदहरूको सवालजवाफ सुरु भएको हो ।
बिहीबार नै कार्कीले भावी प्रधानन्यायाधीशका रूपमा आफ्ना कार्ययोजना प्रस्तुत गरेपछि प्रश्नोत्तर कार्यक्रम हुने भनिए पनि संसद् बैठकका कारण शुक्रबारलाई सारिएको थियो । सर्वोच्चको प्रधानन्यायाधीशमा संवैधानिक परिषद्बाट गत वैशाख २५ गते सिफारिस भएका कार्कीको सुनुवाइ थप एक दिन लम्बिएको हो ।
कार्कीविरुद्धको उजुरीमाथि सुनुवाइ भई हिजो उनीसँग छलफल भएको थियो । हिजोको बैठकमा कार्कीले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेश गरेका थिए । संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताए । कार्कीको लिखित कार्ययोजनामा बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र गठन गरी दोषीउपर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने उल्लेख छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...