आयोगले समयानुकुल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्नुपर्छ : उपराष्ट्रपति

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा लगाउनको लागि आयोगले समयानुकूल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार लोकसेवा आयोगको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन्  ।

 

उनले पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोकसेवा आयोगले भूमिका खेल्नुपर्ने बताए  । उनले लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य,दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने बताए । उनले कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग रहेको भन्दै आयोगले गलत भर्ना नीति र प्रक्रियालाई निरुत्साहित गर्न आवश्यक रहेको बताए  ।

 

उनले कर्मचारी छनोट,भर्ना प्रक्रियाको परीक्षण विधिहरूमा समय सापेक्ष सुधार गर्न जरुरी भएको उल्लेख गरे  । उपराष्ट्रपति यादवले उच्च नैतिकवान् र उत्प्रेरित कर्मचारीले मात्रै सुशासन कायम टेवा पु¥याउने गरी कर्मचारी छनोट गर्नुपर्ने बताएका हुन् ।  उनले सुशासन समग्र सिद्धान्त ,व्यवहार र जनताले अनुभूति गर्ने विषय समेत भएकाले यसलाई नारामा मात्रै सीमित राख्न नहुने बताए ।   उनले आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने जनशक्ति प्रवेश गराउने हुनुपर्ने बताए ।

 

उनले संघीयता अनरुपमा समावेशी तर्फ उम्मेदवार छनोट प्रक्रियालाई समय सापेक्ष परिष्कृत गर्दै थप उम्मेदवार छनोट हुनसक्ने गरी कार्यसम्पादन गर्ने आवश्यक रहेको बताए । उनले आयोगले समयको माग अनुसार प्रविधिमैत्री बन्दै दायित्व र जिम्मेवारीलाई थप विश्वानिय बनाउने विश्वास व्यक्त गरे । उनले लोकसेवा आयोगले अहिलेसम्म गरेका कामको प्रशंसा गरे  ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.