ब्लडक्यान्सर पीडितलाई  तरुणदलद्वारा  १ लाख तिस हजार आर्थिक सहयोग 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल तरुण दल  काभ्रेका जिल्ला अध्यक्ष सुजन लामाको सहजिकरणमा  नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले   ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग  गरेका छन् । पालिकाको  चापाखोरी कुरुवास निवासी अनिल कुमार मोक्तान र शान्तिमाया तामाङको  ब्लडक्यान्सरबाट   पीडित रहेका   १० वर्षीय  छोरालाई तरुण दल काभ्रे तेमाल गाउँपालिका कार्यसमितिको नेतृत्वमा गुरुङले  १ लाख तिस  हजार आर्थिक सहयोग  गरेका हुन् ।

 

सिभिल अस्पताल मिनभवनमा उपचाररत मोक्तानलाई  आर्थिक सहयोग हस्तान्तरण गर्दै पीडितको बुबालाई अध्यक्ष गुरुङले नआत्तिन आग्रह समेत गरेका छन् । अध्यक्ष गुरुङले  नेपाल सरकार र अस्पताल प्रशासनलाई पनि उपचारमा सहयोगको लागि पहल गर्ने र देशभरिको तरुणहरूलाई  आग्रह गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

 

करिब छ महिना पाटन अस्पतालमा उपचार गराउँदा पनि रोग पत्ता नलागेपछि दुई महिना अगाडि सिभिल अस्पतालमा मोक्तानको उपचार गर्न ल्याउँदा ब्लड क्यान्सर  पत्ता लागेको बिरामीको बुवा बताउँछन् । दुई महिना देखि छोराको उपचार भइरहेको  समेत उनले बताएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.