महानगरका हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने मेयर बालेनको घोषणा


काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । ‘आदिपुरुष’को विवादित डायलग हटाउने भनिए पनि फिल्म मेकरले भारतमा उक्त संवाद नहटाएपछि महानगरले हिन्दी फिल्म प्रदर्शन गर्न भोलि देखि निषेध गरेको हो ।
आदिपुरुष’मा विवादित रहेको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने डायलग नेपालमा मात्रै नभएर भारत लगायतका मुलुकमा पनि हटाउन यसअघि काठमाडौं महानगरका मेयर बालेन शाहले आग्रह गरेका थिए । तर, फिल्म मेकर टिमले नेपालमा प्रदर्शन हुने फिल्ममा मात्रै उक्त विवादित संवाद हटाएर भारतमा भने कुनै परिवर्तन नगरेपछि काठमाडौं महानगरपालिकाले महानगरभित्रका हलमा हिन्दी फिल्म बन्द गराउने भएको हो ।
आइतबार मेयर बालेन शाहले आदिपुरुष चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिने समेत बताएका छन् । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको समेत उनले समाजिक सञ्जालमा लेखेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...