बिजुली बिक्री गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ति नदिनुस् :  कुलमान घिसिङ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत् आपूर्तिमा समस्या आउने बताएका छन् । आइतबार सञ्चारकर्मीहरू संग कुरा गर्दै निर्देशक घिसिङले विद्युत् प्रसारण र वितरण लाइन निर्माणमा राज्यका अन्य कुनै पनि निकायले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत् आपूर्तिमा समस्या आउने बताएका हुन ।

 

 

उनले प्रसारण र वितरण लाइन निर्माण कार्यलाई सुधार गर्न नसके ऊर्जा क्षेत्रमा लगानी भएको अर्बौँ रुपैयाँ जोखिममा पर्ने सम्भावना रहेको भन्दै प्रसारण र वितरण लाइन निर्माण गर्दा जग्गा प्राप्ति, रुख कटान लगायत समस्याका कारण प्रसारण लाइन निर्माण हुन नसक्दा बिजुली वितरणमा समस्या देखिएको बताए । उनले विद्युत् सबै निकायहरूको सहयोग नभए देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठुलो चुनौती हुने पनि जनाए ।

 

उहाँले ५ वर्ष भित्र शुरु गरेका आयोजनाहरूको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्ने बताउँदै पूर्वपश्चिम ट्रान्समिसन, क्रस बोर्डर लाइन  र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौंको विद्युत् सप्लाई सहज बनाउनको लागि करिब ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्ने बताए । उहाँले विद्युत् बिस्तारका लागि समग्र मुलुक भरमा करिब ८ खर्बको लगानी आवश्यकता पर्ने देखिएको उनको भनाई छ ।

 

यो लगानीमा विद्युत् प्राधिकरणले सकेको र विदेशी निकायहरूबाट प्राप्त ऋणले पनि पुग्ने अवस्थामा नभएको भन्दै निर्देशक घिसिङले अर्थ मन्त्रालय देखि सबै निकायहरूले विशेष ध्यान दिनुपर्ने बताए । उनले प्राधिकरण नाफामा गएर करिब १ खर्ब रुपैयाँ लगानी नगरको भए अहिले मुलुकमा १६ घण्टा लोडसेडिङ कायम रहने अवस्था रहेको समेत दावी गरे । उनले नेपालमा ट्रान्समिसन र सवस्टेसन लाइन बनाउन महँगो भएको भन्दै ४०० केभीको ट्रान्समिसन लाइन बनाउन करिब ४ अर्ब रुपैयाँ लाग्ने अवस्था रहेको बताए ।

 

प्राधिकरणले सबै जनतालाई विद्युतको पहुँच पु¥याउने भनेर अहिले ९५ प्रतिशत पुगेको भन्दै अब बाँकी ५ प्रतिशतलाई पनि विद्युतको  पहुँचमा पु¥याउन लागि रहेको उनको भनाई छ ।  घिसिङले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको भन्र्दैै नेपालमा विद्युत् कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको प्रस्ट्याए । उनले पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत् बिक्री नगरेमा घाटा हुने बताए । विद्युत् क्षेत्रमा लगानीका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आग्रह गर्दै उनले बिजुली बिक्री गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ति नदिन पनि आग्रह गरे ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.