हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने पोखरा महानगरपालिकाको घोषणा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पोखरा महानगरपालिकाले हिन्दी फिल्ल प्रदर्शनमा रोक लगाउने घोषणा गरेको छ । आइतबार काठमाडौं महानगरपालिकाले ‘आदिपुरुष’सहित अन्य हिन्दी फिल्लमा रोक लगाएपछि पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।

 

‘आदिपुरुष’मा समेटिएको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित संवाद नसच्याइएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शन नगर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् । मेयर आचार्यले पोखरामा रहेका सिनेमा घरहरु बाराही चलचित्र मन्दिर ‘क’ र ‘ख’, श्रीकृष्ण चलचित्र मन्दिर, मिडटाउन ग्यालेरिया र सिनेप्लेक्सलाई हिन्दी फिल्म रोक्न निर्देशन दिएका हुन् ।

 

 

‘दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ ।’ महानगरद्धारा जारी पत्रमा उल्लेख छ । योसँगै अव सोमबारदेखि पोखरा महानगरपालिकामा पनि हिन्दी फिल्म प्रदर्शनमा रोक लागेको छ । आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले पनि सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।

मिस नेपाल वर्ल्ड-२०२४ को ताज आश्माकुमारी केसीलाई

काठमाडौं । ’मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् ।   शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम...

मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)

काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा...

शान्ति श्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’ (भिडियो)

काठमाडौं । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ ।   डी...

सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी

काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत...

रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने

काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै...

‘माछि’ मा प्रियंका भन्छिन- ‘‘लोकदोहोरीमा खेल्दीन कहिल्यै भनिन’’

काठमाडौं । रंगिन दुनिया । त्यसमा पनि चलचित्र क्षेत्र । अझ त्यसमा पनि नायिका प्रियंका कार्की । गसिप र...

.