कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोक्न सांसद चौधरीको माग

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौंधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढनुको विकल्प नरहेको समेत बताएका हुन् ।

 

उनले भने, ‘चाहेका बेला किसानहरुले मल, बीउ पाउँदैनन् । त्यसको बाबजुद पनि उत्पादन गर्छन । न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी । तर पनि उत्पादन गरिरहेकै छन । पछिल्लो समय कालिमाटी मूलगेटमा टमाटर लगायतका तरकारी फालेर किसानहरुले विरोध गरेका छन । किसानहरु आफ्नो पेशामा हतोत्साही छन । यदि नेपाललाई आत्मनिर्भर बनाउने हो भने कृषि बस्तुको लागि बजारको ग्यारेन्टी गर्ने कुरा र मिनिमम सर्पोट प्राइज कन्फर्म गर्ने कुरा गरोस् भनि सरकार र सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’

 

प्रमुख सचेतक चौंधरीले किसानहरुले न्यूनतम मूल्य समेत नपाएपछि पछिल्लो समय कालिमाटी बजारमा टमाटरलगायतका तरकारी फ्याँक्नु पर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई हतोत्साही हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन् । प्रमुख सचेतक चौधरीले किसानहरुलाई मल, बीउलगायतका आवश्यक बस्तुको व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.