काठमाडौं २९ का वडा अध्यक्ष ढकालले सरकारी जग्गा हिनामिना गरेको आरोप, तत्काल कारबाही गर्न माग

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्वन गरी कारबाही अघि बढाउन माग गरेको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, सीआईबी, काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।

 

वडा अध्यक्ष ढकालले साविक बानेश्वर महादेवस्थान वडा नम्बर नम्बर ५ कित्ता नम्बर १४३ को जग्गामध्येकै स्थानीय समुदायको हीतमा प्रयोग हुँदै आएको साविक धोबीखोलाको सरकारी जग्गालाई नक्कली गुठियार र मोही खडा गरी गुठीको नाममा दर्ता गरी झन्डै दुई अर्ब मूल्य पर्ने धोबीखोलाको १२ रोपनी भन्दा बढी सरकारी जग्गा बिक्री गरी खाने योजनाका साथ सर्जमिन मुचुल्का खडा गरी कालमोचन गुठी शाखा कार्यालय त्रिपुरेश्वरमा दर्ताको लागि २०७७ साल फागुन ९ गते सिफारिस गरी आफ्नो पदीय मर्यादा भुलेको आरोप लगाएको छ । धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न हुनु भ्रष्टाचार भएको भन्दै वडा अध्यक्ष ढकाललाई तत्काल निलम्वन गरी छानबिन गर्न आग्रहसमेत गरेको छ ।

 

त्यस्तै समाजका महासचिव रक्षबहादुर रैका मगरले सार्वजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका जनप्रतिनिधिहरुले नै सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नु आपत्तिजनक भएको बताए । सार्वजनिक सरोकारको यो विषयलाई प्रतिनिधि सभामा समेत स्थान दिन समाजले आग्रह गरेको छ । २९ नम्बर वडाको आफ्नै भवन नभएकाले आफ्नै वडामा भवन बनाउनु उचित रहेपनि अध्ययन बिना काम गर्नु राम्रो नहुने समाजको बुझाइ छ । कित्ता नम्बर ९ मा वडा भवन बनाउन उपयुक्त हुने प्रतिवेदन आइसकेकाले सोही प्रतिवेदन बमोजिम वडा भवन कार्यालय निर्माण गर्न पनि समाजले आग्रह गरेको छ ।

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...

‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’

काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् ।   शुक्रबार संसद सचिवालयमा पत्र...

गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...

कर्णाली सरकारको खर्च ३३ प्रतिशत

काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...

विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...

.