बाढीपहिरो पीडितहरुलाई उद्धार गरी तत्काल राहतको व्यवस्था गर्न हितराज पाण्डेको माग


काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढी पहिरोका पीडितहरूलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले तीन वटै तहका सरकारले बाढी पहिरो पीडितहरूलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख सचेतक पाण्डेले सो घटनामा परी मृत्यु भएकोहरु प्रति श्रद्धा सुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरे । उनले पीडितहरूलाई पुनर्वासको व्यवस्था गर्न पनि सरकारलाई ढिलाइ नगर्न सचेत गराएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...