प्रतिगामी शक्ति भनेर राजसंस्था र हिन्दुराष्ट्र पक्षधरहरूलाई इङ्गित नगर्न अध्यक्ष थापाको आग्रह


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिगामी शक्ति भनेर राजसंस्था र हिन्दुराष्ट्र पक्षधर एवं संघीयता विरोधी शक्तिहरूलाई इंगित नगर्न सुझाव दिएका छन् । मंगलबार कार्यक्रममा बेल्दै अध्यक्ष थापाले देशलाई वर्तमान संकटको दलदलमा फसाउने काम राजा वा राजसंस्थाबाट नभएको उल्लेख गर्दै राजाबादी तथा हिन्दुराष्ट्र पक्षधरलाई गाली नगर्न सुभाव दिएका हुन् ।
उनले राजनीतिक दल वा नेताहरूले आपसमा एकता गर्ने, सहकार्य गर्ने वा मोर्चा बनाउने कार्य स्वाभाविक अभ्यास भएको भन्दै सोमबार घोषणा गरिएको ‘समाजवादी मोर्चा’का अधिकांश नेताहरू र खासगरी नेकपा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छ रु भन्दै प्रश्न समेत गरेका छन् ।
अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा यतिवेला ब्रम्हलुट कायम गरिएको, नेताहरूमा विदेशीको सामु घुँडा टेक्ने आत्मसमर्पणवादी मानसिकता हावी भएको र विदेशीहरूको चलखेल र हस्तक्षेप बढेको आरोप समेत लगाएका छन् । उनले सनातन धर्म संस्कृतिमाथि निरन्तर आक्रमण भएरहेको भन्दै देशलाई वर्तमान संकटको दलदलमा फसाउने काम १७ वर्ष अघि पाखा लगाइएका राजा वा राजसंस्थाबाट नभएको उल्लेख गरे ।
२०६३ सालको राजनीतिक परिवर्तनपछि आमुल परिवर्तनको नाममा अबलम्बन गरिएको अवधारणा र राष्ट्रनिर्माणको मार्गचित्र नै गलत भएको र यसैका कारण यतिवेला देशले भोग्नु परेको रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको मूलकारण राजसंस्था, हिन्दुराष्ट्र र एकात्मक राज्य प्रणाली दोषी हुन् भन्ने भाष्य नै गलत भएको अध्यक्ष थापाको तर्क थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...