बाढीपहिरो पीडितलाई सहज हुने गरी आवश्यक सामग्रीको व्यवस्था मिलाउन सरकारसँग माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले सो क्षेत्रमा आवश्यक पूर्वाधार विकास भइसकेकाले विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारले ढिलाइ गर्न नहुने तर्क समेत गरेका हुन् ।
सांसद कार्कीले पूर्वी पहाडी जिल्लाहरूमा बाढी र पहिरोमा परी धेरै धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई उचित राहत, उद्धार र पुनर्वासको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले भने, गत शनिबार सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङमा जुन भीषण वर्षा भयो । त्यसबाट त्यहाँ धेरै जन र धनको क्षति भएको छ । त्यो क्षतिलाई राहत, उद्धार र पुनर्स्थापना गर्दै त्यहाँको जनजीवनलाई सहज बनाउन सरकारको विशेष ध्यान जाओस् भन्ने पनि म कामना गर्दछु ।’
सांसद कार्कीले बाढी, पहिरो पीडितलाई सहज हुने गरी आवश्यक खाद्यान्न लगायतका अति आवश्यक वस्तुहरूको व्यवस्था मिलाउन पनि सरकारले ध्यान दिनुपर्ने बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...