आवश्यक जनशक्ति आफै व्यवस्थापन गर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन
काठमाडौं । सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा रहेका आधारभूत अस्पताललाई आवश्यक स्वास्थ्य जनशक्ति आफै व्यवस्थापन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै अस्पताललाई आवश्यक आधारभूत जनशक्तिको व्यवस्थापन र आर्थिक स्रोत आफै जुटाउन निर्देशन दिएको हो ।
मन्त्रालयले ५, १० र १५ शैय्याका अस्पतालहरूको दरबन्दीको नमुना तयार भएको र उक्त दरबन्दी नेपाल सरकारबाट हालसम्म स्वीकृत नभएको जनाउँदै सङ्घीय सरकारमा आर्थिक भार नपर्ने गरी जनशक्ति व्यवस्थापन गर्न पत्रमा मन्त्रालयले भनेको छ । ‘नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भई नसकेको हुँदा सङ्घीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक स्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता र अन्य सुविधाहरूको व्यवस्थापन पालिकाबाटै होस् ।’
यस्तै मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीहरू आ-आफ्नो कार्यक्षेत्रमा खटिई नियमितरूपमा बिरामीहरूको उपचारमा संलग्न हुनुपर्ने जिम्मेवारी भएकोले सरुवा, काज वा अन्य कुनै पनि बहानामा मन्त्रालय र विभागमा आउने कार्यलाई स्थानीय तहको नेतृत्वले नियन्त्रण र निगरानी गर्न पनि भनेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...