भारतीय फिल्मको प्रदर्शन रोक्ने बालेनको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । बुधबार दिउँसो नेपाल चलचित्र संघले भारतीय फिल्मको प्रदर्शन रोक्ने मेयर शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर भएको हो । बालेनको उक्त निर्णय कानुनविपरीत भन्दै फिल्म हल सञ्चालकहरु अदालत गएका हुन् ।
उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् । यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ । यता मेयर साहको कार्यशैलीमा प्रश्न उठाउँदै उनकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन् । उनको वास्तविक असन्तुष्टि भने काठमाडौं महानगरपालिकामा भारतीय चलचित्रमाथि रोक लगाइएको विषयमा रहेको बुझिएको छ । अर्यालले फेसबुकमा स्टाटस लेख्दै आफ्नो राजीनामाको घोषणा गरेकी थिइन् ।
स्टाटसमा उनले स्पष्ट कारण नखुलाए पनि घुमाउरो संकेत भने गरेकी छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्म ‘आदिपुरुष’को सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...