रास्वपा प्रवेश पश्चात् अनिल केशरी शाह भन्छन्- प्रवेश भनेको फिनिसिङ लाइन होइन, सुरुवात मात्र हो
काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो सोच मिलेको कारण रास्वपा प्रवेश गरेको बताएका छन् । बिहिबार रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शाहले नेतृत्वको विकास गराउनको निम्ति आफ्नो सीप प्रयोग गर्न राजनीतिमा आएको बताएका हुन् ।
उनले भने, ‘बैङ्किङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो । बहसपछि मलाई लाग्यो, उहाँहरूको सोच र मेरो सोच ठ्याक्कै मिल्यो । सबै क्षेत्रमा नेतृत्वको विकास गराउने मेरो सीप यहाँ प्रयोग गर्न सक्छु भन्ने लागेको भएर आज यहाँ आएको छु । प्रवेश भनेको फिनिसिङ लाइन होइन, सुरुवात मात्र हो ।’
शाहले सबैलाई रास्वपा प्रवेशका लागि आह्वान पनि गरे । रास्वपाको वार्षिकोत्सवको अवसरमा बिहीबार रास्वपा प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । रास्वपाले वार्षिकोत्सवको अवसरमा पार्टी कार्यालय बालाजुमा चियापानको आयोजना गरेको छ । त्यसका लागि विभिन्न दलका शीर्ष नेता र कुटनीतिज्ञलाई निम्ता गरिएको छ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...