दुर्घटनामा सुदूरपश्चिमका मन्त्रीको मृत्यु : छानबिन गर्न समिति गठन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन जनाको मृत्यु हुनेगरी बझाङको केदास्यूँ गाउँपालिकामा भएको दुर्घटनाको छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी), सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा सदस्य छन् । यस्तै मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेक बहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य छन् ।

समितिलाई सवारी दुर्घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाएर १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्न भनिएको छ ।मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सु।प।प्र। ००१ झ। ४८० नम्बरको गाडी झारछडामा दुर्घटना भएको थियो।

दुर्घटनामा मन्त्री सिंहसहित पत्नी अमृतादेवी र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.