ओखलढुङ्गाको चम्पादेवीमा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु
काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं.८ मा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बिहीबार राती ११ बजे गुरुङ बस्तीमा गएको पहिरोमा ३६ वर्षीय बुवा रणबहादुर गुरुङ, २९ वर्षीया आमा शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङ र १० वर्षीय छोरा दिनेश गुरुङको मृत्यु भएको हो ।
मृतकमध्ये बुवा, आमा र छोरीको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर बरालले सेभेन स्टार फोके टेलिभिजनलाई जानकारी दिएका छन् । उनका अनुसार ४ घर पहिरोले पुर्णरुपमा बगाएको छ भने अन्य लगभग ३०/४० घरममा क्षेती पुगेको छ । २० भन्दा बढी चौपायासमेत बगाएको बताइएको छ ।
राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए । उद्धारका लागि थप प्रहरी समेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण संकलन भइरहेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...