भारतीय प्रधनामन्त्री मोदीद्वारा अमेरिकी संसदमा सम्बोधन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । अमेरिकाको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले बिहिबार राति सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका हुन् ।

 

असारको पहिलो सातादेखि अमेरिकाको राजकीय भ्रमणमा रहेका उनलाई सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण गरेका थिए । सम्बोधनमा अमेरिका र भारतबीचको सम्बन्धको चर्चा गर्दै मोदीले भारत अब छिट्टै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने घोषणा समेत गरेका छन् । अमेरिका भारतको महत्वपूर्ण रक्षा साझेदार बनेको भन्दै मोदीले आतंकवाद विरुद्धको लडाईमा कुनै सम्झौता हुदैन भनेका थिए । भारत अघि बढ्दा विश्व नै अघि बढ्ने भन्दै रुस युक्रेन युद्धले विश्वलाई नै पीडा दिएको बताए ।

 

अमेरिकी कङ्ग्रेसको संयुक्त बैठकलाई दुई पटक सम्बोधन गर्ने प्रधानमन्त्री मोदी एकमात्र भारतीय नेता हन् । यो विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई अमेरिकाले दिने सर्वोच्च सम्मानमध्ये एक हो । सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेता मोदीले तीनै जना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसँग द्विपक्षीय र बहुपक्षीय भेटघाटका लागि आधा दर्जनभन्दा बढीपटक अमेरिकाको भ्रमण गरेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.