फेवातालमा आजदेखि नेपाल र चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल


पोखरा । पोखरामा आज शुक्रवारबाट ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको सह आयोजना यो उत्सव शुक्रवार र शनिवार फेवातालमा हुन लागेको हो ।
शीत निन्द्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा २ हजार वर्ष अघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ । ड्रागनजस्तै देखिने गरी बनाइएको डुङा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् भने ड्रमको तालमा १० जनाले डुङा खियाउँछन् । पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् । प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ टोलीले भाग लिँदै छन् ।
नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसिएसन नारा, फेवा डुङा व्यवसायी संघ, बेगनास डुङा व्यवसायी संघ र पोखरा महानगरको टोली नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुनेछन् । तालमा ५ सय मिटर र २ सय मिटरको दुई विधामा प्रतियोगिता हुनेछ । सहभागी आठ वटै टोलीले वरीयताका आधारमा पुरस्कार पाउनेछन् । पहिलो हुने टोलीले ५ लाख ५० हजार÷५ लाख ५० हजार पाउनेछन् । पुरस्कारमा ३० लाख रुपैयाँ खर्च हुनेछ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...