आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आपतकालिन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देश भरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । देशमा बाढी पहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरूको सङ्क्रमण पनि बढ्ने खतरा रहेकोले देश भरिका स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि, उपकरण सहित आपतकालिन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिएका हुन् ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा शुक्रवारदेखि ललितपुरमा सुरु भएको आपतकालिन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उद्घाटनका अवसरमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले हाम्रो जस्तो भूगोल भएको देशका जति बेला पनि आपत्काल आउन सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर आपतकालिन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्ने गरी पूर्व तयारी आवश्यक रहेको बताए । मन्त्री बस्नेतले भने, ‘आपत्काल कति बेला आउँछ अन्दाज गर्न सकिँदैन । हाम्रो देशमा हरेक वर्ष जसो बाढी पहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौ भने उपचार सेवाबाट वञ्चित हुनु पर्ने अवस्था रहँदैन । ’

 

आपतकालित अवस्था आउनु भन्दा पहिले नै हामीले कम्तीमा पनि सम्भावित क्षेत्रहरूमा खाद्यान्न र औषधि पुर्‍याउन सकेको खण्डमा आपतकालिन अवस्था पनि उपचार सेवा दिन सकिने बताउँदै मन्त्री बस्नेतले सीमित श्रोत र साधनाबिच पनि उपचार सेवा प्रदान गर्नु पर्ने स्वास्थ्यकर्मीको दायित्व भएको स्मरण गराए । यसको लागि सरकारले सम्भावित क्षेत्रमा औषधि पठाइसकेको मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले आपतकालिन अवस्थाको स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने गरी छुट्टै फन्डको व्यवस्था नभएको बताउँदै आपतकालिन अवस्थाको उपचार सेवा प्रदान गर्नका लागि एउँटा छुट्टै फन्ड बनाउने गरी आफूले पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘ आपतकालिन उपचार फन्डमा सबै दाताहरूले पनि सहयोगको हात अगाडि बढाउनु आवश्यक छ । ’

 

कार्यशालालाई सम्बोधन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमण सिंहले स्वास्थ्य मन्त्रालयले आपतकालिन अवस्थाको उपचारका लागि देश भरिका २५ वटा अस्पतालहरूलाई हब हस्पिटल बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको बताए । उनले भने, ‘ कुनै ठाउँमा संकट आइपर्दा सबै एक ठाउँमा आएर संकट व्यवस्थापन गर्न सक्षम छौ । ’ सात वटै प्रदेशमा आपतकालिन सेवा केन्द्र मार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरुले गरिरहेको डा. सिले बताए ।

 

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा।राजेश सम्भाजीराव पाण्डवले आपतकालिन अवस्थाका बेला समेत उपचार सेवा प्रभावित नहोस भन्ने कुरा दिमागमा राखेर सबै स्वास्थ्यकर्मीले काम गर्न आवश्यक रहेको बताए । आकस्मिक उपचार सेवा प्रदान गर्न चाहेर मात्र नहुने बताउँदै उनले त्यस्तो बेला आवश्यक औषधि र जनशक्तिको पनि उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिए । उनले विश्व स्वास्थ्य सङ्गठन नेपाल सरकारलाई सहयोग जारी राख्ने बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गुणस्तर मापन तथा अनुगमन महाशाखाका निर्देशक डा। मदन उपाध्याय र मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बारा कोटीले आपतकालिन उपचार सेवा दिन स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्नु पर्नेमा जोड दिएका थिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.