‘डिजिटल इकोनोमीमा सरकार लागिरहेको छ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन उनले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिँदै आएपनि नेपालको भौगोलिक अवस्थाका कारण सोचे अनुरुपको विकास हुन नसकेको बताएका हुन् ।
उनले सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव नरहेको जिकिर गरे । प्रधानमन्त्री दाहालले रकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुयाउँदै डिजिटल गभर्नेन्सको प्रत्याभुतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा सरकार केन्द्रित रहेको बताए । उनले सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समेत जनअपेक्षा अनुरुप सरकारको भुमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रुपले उपयोग गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।
सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले नेपालको भौगोलिक अवस्थाका कारण पनि सोचेअनुसारको विकास हुन नसकेको बताए । उनले आइसीटिका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु देशका लागि खुशीको कुरा भएको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...