एसिसी यू–१६ इस्टर्न जोन कप : मलेसियामाथि सहज जित निकाल्दै नेपाल सेमिफाइनलमा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गरेको छ । शुक्रबार यससँगै समूह विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ ।

 

समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएको घरेलु टोली मलेसिया भने उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । नेपालले समूहगत चरणको दुबै खेलमा जित हासिल गर्‍यो । समूहगत चरणको दुबै खेलमा पराजित भएको थाइल्यान्ड भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

 

जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ३०.४ ओभरमा अलआउट हुदै ९९ रनमा सिमित रह्यो । मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ १५ रनमा आउट हुँदा मलेसियाका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।नेपालका स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अभिषेक तिवारीले ३ विकेट लिए भने सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए ।

 

कृतिक कामतले एक विकेट लिए । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३।४ ओभरमा अल आउट हुदै १ सय ८३ रन बनाएकोे थियो। नेपालका अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए । यस्तै नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९ रन बनाउदा कामत १६ रनमा आउट भए । दीपु कुमारले १५ र निरज कुमार यादवले ८ रन बनाए भने प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट भए ।

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

बार्सिलोनासँग रियल २-१ ले पराजित

काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ ।   अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...

काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...

काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

काभा महिला भलिबल लिग : नेपालसँग श्रीलंका पराजित

काठमाडौं । आज शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालसँग श्रीलंका पराजित भएकाे छ ।   त्रिपुरेश्वरस्थित...

.