सर्पको टोकाइबाट बच्न स्वास्थ्य मन्त्रालयको सुझाव

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम लागेसँगै तराईमा सर्पदंशबाट बच्न सुझाव दिएको छ । तराई क्षेत्रमा विषालु सर्पको बिगबिगी हुने भएकाले जोगिन आग्रह गरेको हो ।

 

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले वरपरको घाँस झारपात काटेर सफा राख्न, घर वरपरका दुलो टाल्न, राति टर्चलाइट लिएर हिँड्न, जुत्ता वा गमबुट लगाउन र गोडा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउन उनले भनेका छन् । यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, सधैँ झुल टाँगेर सुत्ने गर्न पनि अधिकारीको आग्रह छ ।

 

सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्न पनि भनिएको छ । यस्तै सम्भव भएसम्म जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्याउनुपर्दछ । यस्तै डस्ने सर्पको पहिचान गरे पनि नमार्न मन्त्रालयले भनेको छ ।

देशभर २२ जनामा हैजा पुष्टि

काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै...

त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ...

‘योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।...

जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी भएका छन् ।   आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क...

७१ जिल्लामा फैलियो डेङ्गु

काठमाडाैं ।  डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न...

सरकारले असार ७ गते विश्व योग दिवस मनाउने

काठमाडौं । सरकारले असार ७ गते विश्व योग दिवस मनाउने भएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

.