प्रधानमन्त्री प्रचण्डको दुखेसो : दुर्भाग्यले एमाले र माओवादीबीचको एकता बचाउन सकिएन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउदै कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुसँग एकता गर्न छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फपनि जान सकिन्छ । समाजवादतिर पनि जान सकिन्छ या दोयाउन सकिन्छ भनेर भनेको थिए । र कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्यो प्रतिक्रियाबादीहरुमा एउटा आंतक जस्तो भयो अब कम्युनिष्टहरुले ४०।५० वर्ष कति वर्ष शासन लाने हुन भन्ने भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्रको हितमा जनता समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन ।’
प्रधानमन्त्री दाहालले हिजोको दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुको कारण खोजेर गम्भीर समीक्षा गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए । विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै ने फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताएका हुन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...