चलचित्र ‘काँडेतार’ लाई दश लाख पुरस्कार प्रदान

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  चलचित्र ‘काँडेतार’ लाई दश लाख पुरस्कार प्रदान गरिएको छ । चलचित्र विकास बोर्डले स्थापना गरेको ‘स्टोरी बैंक’ अन्तर्गत नवल खड्का अभिनीत तथा निर्देशित फिल्म ‘काँडेतार’लाई शनिबार बोर्डको २३औं वार्षिकोत्सवको अवसरमा १० लाखको चेक हस्तान्तरण गरिएको हो ।

 

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा र बोर्ड अध्यक्ष भुवन केसीले संयुक्त रुपमा निर्देशक खड्कालाई १० लाखको चेक हस्तान्तरण गरेका थिए । ‘स्टोरी बैंक’मा प्राप्त कथा तथा पटकथामध्ये ‘काँडेतार’को कथालाई सर्वोत्कृष्ट छनोट गरेर सहयोग प्रदान गरिएको हो ।

 

२०७७ सालमा बोर्डले यथार्थपरक, कलात्मक फिल्म निर्माणका लागि प्रोत्साहन गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो । बोर्डको यो योजनालाई सरकारले आफ्नो बजेटमा समेत समावेश गर्दै आएको छ । बोर्डको वार्षिकोत्सवमा कथानक तथा लघु फिल्मका लेखकहरुलाई पनि प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको छ ।

मिस नेपाल वर्ल्ड-२०२४ को ताज आश्माकुमारी केसीलाई

काठमाडौं । ’मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् ।   शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम...

मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)

काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा...

शान्ति श्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’ (भिडियो)

काठमाडौं । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ ।   डी...

सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी

काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत...

रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने

काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै...

‘माछि’ मा प्रियंका भन्छिन- ‘‘लोकदोहोरीमा खेल्दीन कहिल्यै भनिन’’

काठमाडौं । रंगिन दुनिया । त्यसमा पनि चलचित्र क्षेत्र । अझ त्यसमा पनि नायिका प्रियंका कार्की । गसिप र...

.