मुख्यमन्त्री पाउँदैमा सरकारमा जाँदैनौँ  : राप्रपा

स्टार संवाददाता
स्टार संवाददाता

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कोसी संसदीय दलका नेता भक्ति सिटौलाले आफू मुख्यमन्त्री बन्ने पक्षमा नभएको बताएका छन् ।  नयाँ गठबन्धनमा मिसिने या नमिसिने निर्णय गठबन्धनको रणनीति र योजनाका आधारमा गर्ने भन्दै उनले भने,  म लामो समयको लागि राजनीति गरेर लामै समय राजनीतिमा रहन आएको हो । मुख्यमन्त्री पाउँदैमा सरकारमा जान्न ।

 

नेता सिटौलाले गठबन्धनले  राप्रपालाई  एक एक वर्षका लागि मुख्यमन्त्री बन्ने  प्रस्ताव राखे पनि आफूहरू त्यसको पछि नलाग्ने बताएका छन् ।   भागबन्डा गरेर मुख्यमन्त्री बन्ने दौडमा राप्रपा नरहेको  नेता सिटौलाको भनाई थियो ।  राप्रपालाई पाच्य हुने योजना र रणनीति लिएर आए स्थिरताका लागि राप्रपा गठबन्धनमा सहभागी हुनसक्ने उनले बताए ।

 

फेरिएको परिस्थितिबारेमा एमालेको पनि आधिकारिक धारणा पर्खिएर बसेको भन्दै सिटौलाले राप्रपासँग गठबन्धनको औपचारिक कुरा नभएको बताएका छन् । प्रदेशमा फेरिएको राजनीतिक अवस्थाका विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल भएको र समन्वय र सहकार्य गर्ने अधिकार अध्यक्षलाई दिएको बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.