हिमाल र उत्पीडित जातिका सांसदलाई तेस्रो दर्जाको रूपमा हेरिँदो रहेछ : सांसद शेर्पा
काठमाडौं । राष्ट्रियसभा सदस्य सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेको आरोप लगाएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा सदस्य शेर्पाले पहुँचवाला मन्त्री र सांसदले मात्रै आफ्नो क्षेत्रमा बजेट लाने गरेका बताएका हुन् ।
उनले हिमाल, उत्पीडित र पिछडिएका जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरिएको बताए । बजेट माग गर्न जाँदा मन्त्रालयका सचिवहरुले बजेट छैन भनेर ढाँट्ने गरे पनि बजेट ल्याउँदा भने ठुल्ठूला नेताहरुको क्षेत्रमा मात्रै हाल्ने गरेको बताए ।
उनले भने‚ ‘हामी ३ स्तरका सांसदहरु रहेछौँ । एउटा पहुँचवाला सांसद, मन्त्री हुने । ठूलै बजेट लाने । एउटा सांसद यसो थर्काएर, विरोध गरेर पनि अलिअलि पैसा लाने । हामी जस्तो हिमालबाट आएका, उत्पीडित जातिबाट आएका, पिछडिएका जातबाट आएकाहरु चाहिँ तेस्रो दर्ताको सांसद पर्दो रहेछौँ । न बजेट लान सक्छ‚ न केही गर्नसक्छ। सचिवहरुकहाँ गयो‚ सचिवहरुले पनि ढाँट्ने यसपालि त बजेट नै छैन । किनभने हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरु बनाउनुपर्छ‚ नियमित कार्यक्रमहरु छन् ।’
उनले बजेट बाँडफाँट हेर्दा देशमा संघीयताको आवश्यकता महशुस भएको बताए । उनले संघीयताको कारण मात्र प्रदेश र स्थानीय तहमार्फत केही बजेट जान पाएको भन्दै अन्यथा हिमाली क्षेत्रले केही पनि नपाउने बताए । उनले समाजबाट नैतिकता हराउँदै गएको भन्दै युवाहरुलाई नैतिक शिक्षा पढाउनु जरुरी रहेको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...