एमाले सांसदको गुनासो : सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था गरेन
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेले सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो गरेकी छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त गुनासो गरेकी हुन् ।
उनले भने, ‘संघीयतालाई सरकारले किन उपेक्षा गरिरहेको छ रु त्यसैले त आज संघीयताप्रति धेरै वितृष्णा बढिरहेको छ । सरकारका यस्तै हर्कतले गर्दा यस्तो भएको हो । सरकारले यस्तो हर्कतले नै जनतामा संघीयताप्रति वितृष्णा बढिरहेको छ । चालु आर्थिक वर्षमा महिला, बालबालिका ज्येष्ठ नागरिकको क्षेत्रमा जति बजेट विनियोजन भयो । ४० प्रतिशत पनि खर्च गर्न सकिराखेका छैनन् । त्यसमा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत पूँजीगत तर्फ १० दशमलव ९ प्रतिशत मात्रै खर्च भएको छ । यस्तो किन हुने गर्छ रु किन यति मात्रै खर्च भयो । म मन्त्रीजीलाई यस बारेमा प्रष्ट पारिदिन पनि आग्रह गर्न चाहन्छु । त्यस्तै राष्ट्रपति महिला उत्थान कार्यक्रम पनि बजेटमा उल्लेख गरिएको छ । बजेट पनि विनियोजन गरिएको छ । तर यो कार्यक्रम अन्तरगत पर्याप्त बजेट विनियोजना गरिएको छैन । त्यसैले म फेरी पनि जोड दिएर भन्न चाहन्छु–महिलाहरुलाई आत्मनिर्भर बनून भन्नेतर्फ यो सरकारले ध्यान दिएको छैन ।’
सांसद न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा पनि बजेटले ध्यान दिन नसकेको दाबी गरिन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालू आर्थिक वर्षको पुँजीगत खर्च १० प्रतिशतभन्दा बढी हुन नसकेकोमा आपत्ति जनाउँदै यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन् । सांसद न्यौपानेले सरकारकै कारण संघीयतामाथि वितृष्णा बढाउने काम भइरहेको आरोपसमेत लगाइन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...