राजाको छोराले बिहे गर्दा पालिकाले दियो सार्वजनिक बिदा
काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । मुस्ताङका ‘राजा’ झिग्मी सिङ्गी पलवर बिष्टका छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टले आज बिवाह गर्ने लागेको भन्दै पालिकाले बिदा दिएको हो । राज परिवार र उनीहरुको सांस्कृतिक बारे बुझ्नलाई लागि बिदा दिइएको जनाइएको छ ।
आज म्ुस्ताङको लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा छ । कुनै राष्ट्रिय तथा स्थानीय चाड तथा कुनै शोक मनाउन पालिकाले बिदा दिइएको होइन । बिदा त मुस्ताङी राजाको छोराको बिहेकाका लागि भन्दै दिइएको हो । आइतबार अध्यक्ष टसि न्हर्वु गुरुङद्वारा सूचना जारी गर्दै सोमबार बिदा दिने उल्लेख गरेका थिए । त्यहाँका राजको परम्परा र संस्कृतिबारे जानकारी दिन बिहेमा सार्वजनिक बिदा दिइएको बताएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले संस्कृतिबारे जानकारी दिन बिदा दिइएको बताएका छन् ।
बिदाको दिन पालिकाअन्तर्गत सबै कार्यालय र शिक्षण संस्था बन्द रहनेछन् । मुस्ताङका ‘राजा’ झिग्मी सिङ्गी पलवर बिष्टका छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको आज बिहे हुँदैछ । लोमान्थाङमा अझै पनि पलवर बिष्टलाई राजाको उपाधि दिई विभिन्न धार्मिक तथा सांस्कृतिक उत्सवहरुमा सम्मान दिने गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको भनाई छ । विद्यालयका बालबालिकामा पनि सो संस्कृतिबारे जानकारी होस् भन्ने उद्देश्यले बिदा दिइएको बताइएको छ ।
कस्ता अवसरमा बिदा दिने भन्ने अधिकार स्थानीय तहको संस्कृतिसँग पनि जोडिने हुँदा पालिकाले बिदा दिन पाउने ब्यवस्था छ । २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनअघिसम्म उपल्लो मुस्ताङमा राजा जिग्मे पलवर विष्ट लोकप्रिय थिए । देश गणतन्त्रमा गएसँगै देशमा राजतन्त्र छैन । ज्ञानेन्द्र शाहले गद्दी त्याग गरेसँगै नेपालमा राजाको अस्तित्व पनि सकिएको हो तर, मुस्ताङमा रैथाने राजाको स्थान अझै सुरक्षित छ । नेपाल सरकारको प्रतिनिधिको रुपमा गाउँपालिकाहरु भएपनि जनप्रतिनिधिले पनि राजालाई मान्ने गर्छन् ।
उनीहरु कुनैपनि सांस्कृतिक कार्यक्रम राजा बिना मनाउने गर्दैनन् । स्थानियवासीले उनलाई आस्था र विश्वासको केन्द्रको रुपमा मान्ने गरेका छन् । उनी सांस्कृतिक राजा हुन् । त्यहाँ राजाले प्रशासनिक हस्तक्षेप भने गर्दैनन् । आसपासका क्षेत्रमा हुने कुनैपनि कार्यक्रममा उनलाई सम्मानपूर्वक र हार्दिकताका साथ स्वागत गर्ने गरिन्छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण
काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ । पार्टी...