अब वसन्तपुर हनुमानढोका परिसरमा सवारी साधन प्रवेशमा रोक
काठमाडौं । हनुमान ढोका परिसर भित्र अब सवारी साधन लैजान नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले वसन्तपुर हनुमान ढोका परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउनको निम्ति सवारी साधन प्रवेशमा रोक लगाएको हो ।
मंगलबार बिहान महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वलाई गौरवसाथ देखाउन सक्ने र व्यावसायिकता अङ्गाल्न सक्ने प्राचीन मौलिकता को सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउनको लागि रोक लगाइएको जनाकारी दिएका छन् । उनले लेखेका छन्, जहाँ दिनमा हजारौँ पर्यटकहरू आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यिनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमान ढोका परिसर भित्र सवारी साधनहरूलाई निषेध गरिएको छ ।
काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरू हो भन्दै हनुमान ढोका काठमाडौंको मुख्यरुपमा प्राचीन र ऐतिहासिक काली गढीको उदाहरण भएको प्रमुख शाहको भनाई थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...