पाश्र्व गायनमा डेव्यु गर्दै एलिना चौहान


काठमाडौं । रेखा फिल्मस्बाट बन्ने नयाँ फिल्मको गीत सोमबार रेकर्डिङ गरिएको छ । बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन् । गीतमा बबुल र एलिना दुवैको स्वर रहनेछ । एलिना चौहानले पहिलो पटक फिल्मको गीतमा स्वर दिएकी हुन ।
एलिना यसै गीतबाट पाश्र्व गायनमा डेव्यु गर्दै छिन् । कभर गीत गाएर चर्चामा आएकी एलिनाले गाएका दर्जन गीतहरू सुपर हिट छन् । उनले गाएको पछिल्लो गीत ‘धोकेवाज’ गीत भाइरल नै बन्यो । बबुल गिरी पनि पछिल्लो समयका चर्चित गायक तथा संगीतकार हुन् । उनको स्वर र संगीतमा रहेको ‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुँगा’ छोटो समयमै सुपर हिट गीत बन्यो ।
नाम तय हुन बाँकी रेखाको फिल्ममा चार वटा गीतहरू रहनेछन् । बाँकी तीन वटा गीतहरूमा संगीतकार अर्जुन पोखरेलले संगीत सृजना गर्दै छन् । रेखा र पूजा पक्का भएको फिल्मको साउनको दोस्रो साताबाट छायाँकन सुरु गर्ने तयारी छ ।
मिस नेपाल वर्ल्ड-२०२४ को ताज आश्माकुमारी केसीलाई
काठमाडौं । ’मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम...
मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)
काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा...
शान्ति श्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’ (भिडियो)
काठमाडौं । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डी...
सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी
काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत...
रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने
काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै...
‘माछि’ मा प्रियंका भन्छिन- ‘‘लोकदोहोरीमा खेल्दीन कहिल्यै भनिन’’
काठमाडौं । रंगिन दुनिया । त्यसमा पनि चलचित्र क्षेत्र । अझ त्यसमा पनि नायिका प्रियंका कार्की । गसिप र...