नेत्रज्योति संघ र ललितपुर महानगरबीच सम्झौता, ज्येष्ठ नागरिकलाई घरघरमै आँखा उपचार
![](https://old.sevenstartv.com/wp-content/uploads/2023/07/eya-650x390.jpg)
![](https://sevenstartv.com/wp-content/uploads/2023/05/favicon-min.jpg)
ललितपुर । नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिकाबीच निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौता भएको छ । सोमबार महानगरका सम्पूर्ण ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बीच ‘ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूसँग महानगरपालिका कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नगरभित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको घरघरमै गएर विभिन्न समस्याहरूको परीक्षण गर्ने छ ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारीरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएको नेत्रज्योति संघलाई धन्यबाद दिँदै यो सहकार्य दीर्घकालसम्म चलिरहने समेत बताएका छन् ।
देशभर २२ जनामा हैजा पुष्टि
काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै...
त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ...
‘योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।...
जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी
काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क...
७१ जिल्लामा फैलियो डेङ्गु
काठमाडाैं । डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न...
सरकारले असार ७ गते विश्व योग दिवस मनाउने
काठमाडौं । सरकारले असार ७ गते विश्व योग दिवस मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...