मेलम्चीको पानी सातामा एकपटक मात्रै वितरण हुने
काठमाडौं । मेलम्ची खानेपानीको वितरण बन्द भएको छ । आयोजनाको बाँधमा धमिलो पानी र बाढी आउन थालेपछि करिब साढे दुई महिनाका लागि खानेपानी बन्द भएको हो ।
दुई वर्षअघि नै आयोजनाको बाँधमा बाढीले पुगेको क्षति मर्मत नभएको र विकल्पमा खोलिएको डाइभर्सन टनेलसमेत थुनिने डरले बर्खा लागेसँगै खानेपानी बन्द गरिएको छ । पानी पठाउन बन्द भएपछि उपत्यकाभित्र वितरण हुने खानेपानीको तालिका पनि परिवर्तन हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले मेलम्चीको पानी आइरहेको अवस्थामा धेरैजसो ठाउँमा सातामा दुईपटक वितरण हुँदै आएकोमा अब भने एकपटक मात्रै वितरण गर्ने तयारी छ ।
पानी भण्डारण कम हुने भएकाले एक साताको फरकमा पानी वितरण गर्ने तालिका केयुकेएलले तयार पारिसकेको छ । उपत्यकामा मेलम्चीबाहेक आसपासका मूल मुहान र खोलाहरूबाट दैनिक करिब १२ करोड लिटर पानी आउने केयुकेएलले जनाएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...