‘नवीन राप्रपा २०८०’ सफल पार्न सातै प्रदेशमा संयोजक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सातवटै प्रदेशमा पार्टी संयोजक तोकेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार ‘नवीन राप्रपा २०८०’ कार्ययोजना कार्यान्वयनका लागि प्रदेश प्रमुखलाई प्रदेश संयोजक तोकेका हुन् ।
प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा–२०८०’ कार्ययोजना कार्यान्वयन गर्न अध्यक्षले सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेका हुन् । लिङ्देनले वरिष्ठ उपाध्यक्ष रोशन कार्कीलाई कोशी, वरिष्ठ नेता बुद्धिमान तामाङलाई मधेश, उपाध्यक्ष बिक्रम पाण्डेलाई वाग्मती, वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई गण्डकी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई लुम्बिनी साथै उपाध्यक्षहरु मुकुन्दश्याम गिरीलाई कर्णाली र उद्धव पौडेललाई सुदूरपश्चिम प्रदेशको संयोजक तोकेको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।
राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि मुलुकमा सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म, सापेक्ष हिन्दु राष्ट्र, अभिभावकीय राजसंस्था, प्रदेशरहित केन्द्र र बलियो स्थानीय तह भएको शासन प्रणाली, बृहत् राष्ट्रिय एकता, आर्थिक उदारीकरण र कल्याणकारी राज्यलाई नयाँ पुस्ताको नेतृत्वमा लैजान भन्दै राप्रपाले नवीन राप्रपाको अवधारणा अघि सारेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...