प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने प्रीतम सिंह को हुन् ?
काठमाडौं । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रीतम सिंहको प्रशंसा मात्रै गरेनन्, आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको स्मरणसमेत गरे । ‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ उहाँ,’ सिंहको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिपछि कतिपयले प्रधानमन्त्री प्रचण्डले विवादस्पद अभिव्यक्ति दिएको भन्दै आलोचनासमेत सुरू गरेका छन् । साथै सरदार प्रीतम सिंहबारे सोध्ने÷खोज्नेहरूको सङ्ख्या पनि बढेको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारत धाउने, नेपालभित्रै पनि धेरै पार्टी र नेतासँग कुराकानी गर्ने सरदार प्रीतम कहाँ छन् ।
को हुन् प्रीतम सिंह ?
सरदार प्रीतम सिंह भारतको जम्मूका हुन् । तर, उनी आजभन्दा करिब ७ दशकभन्दा पहिल्यै नेपाल आए । उनले कहीँ सुनाएका छन्, लगभग २० वर्षका हुँदा साथीको बिहेका लागि तुल्सीपुर आएका थिए । साथीहरूको लहै–लहैमा उनी त्यहाँबाट काठमाडौं हान्निए । तर, काठमाडौंमा अडिन सकेनन् । यसपछि २ दिनमै जम्मू फर्किए । त्यसबेला काठमाडौंमा खेतका गह्राहरू मात्रै बढी थिए ।
यद्यपि कतिपय ठाउँमा भने चौडा सडक बनिरहेका थिए । सिंहले आफ्नो नेपाल यात्रा र यातायातका सम्भावनाबारे बुवा सरदार कहन सिंहलाई सुनाए । जो जम्मूका पहिलो यातायात व्यवसायीका रूपमा स्थापित थिए । यसपछि कहन सिंहले नेपालमा नयाँ सम्भावना छन् भनेर बुझे । यसपछि केही समयपछि प्रीतम सिंह ६ चक्के ट्रक लिएर नेपाल आए । ट्रक कसरी आइपुग्यो, त्यसका आफ्नै कथा छन् । रोचकचाहिँ के छ भने ट्रक लिएर जब बिहारको पटना आइपुगे, त्यसपछि गङ्गा नदीमा पुल नभएको थाहा पाए ।
त्यसपछि इन्तु न चिन्तु भएका प्रीतम सिंहले अन्ततः स्टीमरमा राखेर ट्रक तारे । त्यसबाट अघि बढ्दा खेत मात्रै देखिए र धान माडिएबापत् उनले किसानलाई पैसा बाँड्दै आए । भारतमा जन्मिए पनि कर्मभूमि नेपाल बनाएका प्रीतम सिंहले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर यातायातका माध्यमबाट नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले कहीँ भनेका छन्, “मैले नेपालको यातायात क्षेत्रमा झन्डै २५ प्रतिशत योगदान दिएँ होला ।” एक बखतस प्रीतम सिंह, उनका बुवा कहन सिंहसहित स–परिवार नेपाल घुम्न आए । त्यही बखत उनले बुवा कहन सिंहलाई नेपालका यातायात क्षेत्र, सडक तथा व्यावसायिक सम्भावनाबारे बताए ।
त्यसपछि बुवा कहन सिंहले फेरि नेपालमा व्यावसायिक अवस्थाबारे बुझ्न प्रीतम सिंहलाई पठाए । प्रीतम सिंह न्यूरोडमा घुमिरहेका बेला पाइलट तालिम गरेका त्रिलोचन सिंह दुलटलाई भेटे । दुलटले राजा महेन्द्रसँग भेट गराइदिए । त्यसको केही समयपछि राजा महेन्द्र जम्मूको अमरनाथ यात्रामा जाँदा दोस्रो पटक भेट भयो । महेन्द्रले नेपालमा व्यवसाय गर्न सिंहलाई आग्रह गरे । त्यही प्रस्तावपछि प्रीतम सिंह नेपाल आएर व्यवसाय सुरू गरे । यसपछि उनले नेपालको यातायात क्षेत्रमा मात्रै होइन, शिक्षा क्षेत्रमा समेत योगदान दिएका छन् ।
उनले स्थापना गरेको मोर्डन इन्डियन इंग्लिस स्कूलले शिक्षा क्षेत्रमा धेरै योगदान दिएको छ । प्रीतम सिंहको राजा महेन्द्रसँग मात्रै होइन, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि राम्रो सम्बन्ध छ । प्रचण्डले गरेकै जनआन्दोलनहरूका कारण राजतन्त्र गर्ल्यागुर्लुम ढलेको देखे प्रीतम सिंहले । प्रचण्डसँग अहिले पनि उनको भेटघाट भइरहन्छ । प्रचण्डबारे उनले कहीँ भनेका छन्, ‘युद्धकालमा प्रचण्डजीले धेरै ठाउँ तोडफोड गर्नुभयो । त्यो एक हिसाबले ठिकै पनि रहेछ । तर, शीखहरूप्रति उहाँको सधैँ सम्मान देखेँ र देख्दै आएको छु ।’
प्रचण्डलाई उनले शान्ति प्रक्रियामा आएसँगै भेटेका हुन् । पहिलो भेटमै उनले प्रचण्डसँग इतिहासका धेरै पाटा खोलेका थिए । प्रीतम सिंहलाई सुनेर प्रचण्ड दङ्ग परेका थिए । आतङ्कको नाम बनेका प्रचण्ड त्यसरी सहजै प्रस्तुत होलान् भन्ने उनले सोचेका पनि थिएनन् त्यसबेला प्रीतम सिंहले प्रचण्डलाई प्रशस्त सल्लाह दिएका थिए रे १ अहिले प्रीतम सिंह–प्रचण्ड परिवारबीच भावनात्मक सम्बन्ध रहेको बताइन्छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...