‘उपहार’ फिल्म बनाउदै अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले एकसाथ काम गर्न लागेको फिल्मको नाम ‘उपहार’ राखिएको छ । मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि रेखा फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरेको हो । ‘उपहार’ नाममा दोस्रो पटक फिल्म बन्न लागेको हो । यसअघि यो नाममा स्व. निर्देशक शिव रेग्मीले फिल्म बनाएका थिए ।

 

आगामी भदौदेखि छायांकनमा जाने फिल्मलाई रेखा स्वयंले निर्माण गर्नेछिन् । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारी गरिएको छ । फिल्ममा रेखा र पूजासँगै अर्की एकजना अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ । केही दिनमा अर्की अभिनेत्रीको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । गत वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले यस फिल्म ‘उपहार’लाई निर्देशन गर्नेछन् ।

 

अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मको कथा सुलक्क्षण भारतीको हो । काठमाडौं आसपासमा छायांकन हुने फिल्मको सोमबार पहिलो गीत रेकर्ड गरिएको छ । उक्त गीतमा एलिना चौहान र बाबुल गिरीले स्वर दिएका छन् ।

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.