श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको शिष्टाचार भेटवार्ता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । ८० औं स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी हुन सोमबार श्रीलंका भ्रमणमा गएका अध्यक्ष नेपालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघे सँग गरेको भेटमा दुई देशबारे छलफल गरेका हुन् ।

 

राष्ट्रपति निवासमा अध्यक्ष नेपालले ४५ मिनेट कुराकानी गरेका थिए । यस्तै, अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश दिनेश गुणवर्धनासँग पनि बुधबार साँझ भेटवार्ता गरका छन् । प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरुमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

 

शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.