महामन्त्रीद्वयले बोलाए कांग्रेसका जिल्ला सभापतिहरूको भेला


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । बिहीबार दिउँसो सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको विना सहभागीमा पार्टी केन्द्रीय कार्यालय र जिल्ला सभापतिहरूको संयुक्त बैठक बस्ने भएको हो ।
भेलामा महामन्त्रीद्वय थापा र शर्माले नै जिल्ला सभापतिहरूसँग अन्तरक्रियात्मक छलफल गर्ने, जानकारी लिने र निर्देशन दिने कार्यक्रमहरू रहेको कांग्रेसले जनाएको छ । पार्टीको केन्द्रीय समिति बैठकबाट जिल्ला सभापतिहरूसँग भेला गर्ने निणर्य लिएर भेला आयोजना गर्नुपर्ने पूर्वअभ्यास भएपनि महामन्त्री थापा र शर्माले केन्द्रीय समितिको सम्मुखमै जिल्ला सभापतिहरूको भेला राखेका हुन् ।
१४औं महाधिवेशनपछि कांग्रेसले जिल्ला सभापतिहरूसँग संयुक्तरुपमा अलग्गै छलफलको आयोजना गरेको यो नै पहिलो पटक हो । महामन्त्रीद्वय थापा र शर्माकै संयोजनमा हालै मात्र कांग्रेसले अनलाइनबाट क्रियाशील सदस्यता वितरण सुरू भएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...