फिल्म ‘कोतपर्व’ को शीर्ष भूमिकामा अभिनेता सौगात

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  चलचित्र ‘नालापानी’लाई निर्देशन गरेका रिमेश अधिकारीले नयाँ चलचित्र  ‘कोतपर्व’ निर्माण तथा निर्देशन गर्ने भएका छन् ।  ‘कोतपर्व’ १९०३ असोज २ गते काठमाडौंको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना हो ।

 

 

त्यसपछि जंगबहादुर राणा शक्तिमा आएका थिए र १०४ वर्षसम्म नेपालमा जहानियाँ राणा शासन चलेको थियो । ‘कोतपर्व’ नै नाम राखिएका यो फिल्मको कथा र पटकथालाई महेश दवाडीले लेखिरहेका छन् ।   फिल्म ‘कोतपर्व’ को शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता मल्लबिच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । सौगात यति बेला एक्सन थ्रिलर फिल्म ‘अगस्त्य’को छायांकनमा व्यस्त छन् । यो फिल्मपछि उनी ‘कोतपर्व’मा जोडिने छन् । प्रमुख महिला पात्रमा अभिनेत्री नम्रता श्रेष्ठको चर्चा छ ।

 

फिल्मको छायांकन आगामी चैतदेखि सुरु गर्ने तयारी निर्माण टिमको छ । काठमाडौं र चितवनमा फिल्मको छायांकन हुनेछ । फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी छ । रिमेश अधिकारी फिल्म्स प्रोडक्सन प्रालि र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । यस फिल्मको निर्माता आरसी शर्मा र शारदा खड्का अर्याल हुन भने सह निर्माता राजेन्द्र ढकाल र राजाराम सुवाल हुन । कार्यकारी निर्माता शिव चन्द्र हुन ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.