स्कटल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट
काठमाडौं । आईसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा छनोट भएको छ । जिम्बाव्वेको बुलवायोमा जितका लागि पाएको २७८ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ४३ बल अघि नै विश्वकपमा छनोट भएको हो ।
सुपर सिक्स चरणमा स्कटल्याण्ड र जिम्बाब्वेसँग अंक बराबरी भएता पनि नेट रन रेटमा दुवै टिमलाई पछि पार्दै नेदरल्याण्ड्स छनोट भएको हो । तिन वटै टिमको ५ खेल खेल्दा ६ अंक रहेता पनि नेदरल्याण्डले अन्तिममा वाजी मारेको हो । श्रीलंका १ खेल खेल्न बाँकी रहंदा ८ अंक छ । श्रीलंका छनोट भइसकेको छ ।
तीन महिना पछि अक्टोबरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुने सबै १० टिमको टुंगो लागेको हो । श्रीलंका र नेदरल्याड विश्वकप छनोटबाट विश्वकपमा पुग्दा आयोजक भारतसहित अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका आईसीसी विश्वकप सुपर लिगको शिर्ष ८ मा रहँदै छनोट भएका थिए ।
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
बार्सिलोनासँग रियल २-१ ले पराजित
काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ । अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...
काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...
चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्याे
काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...
ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट...
काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय...