प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस भएको छ : महामन्त्री थापा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस गरेको बताएका हुन् ।

 

उनले प्रधानमन्त्री दाहालले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेका कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि बताएका छन् । उनले प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने पनि स्पष्ट पारेका छन् ।महामन्त्री थापाले आजको बैठकमा जिल्ला सभापतिहरुले आगामी केन्द्रिय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएका छन् । बैठकमा जिल्ला सभापतिहरुले नेपाली कांग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रश्तुती र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।

 

पार्टीका नेताहरु भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोर रुपमा उभिन आग्रह गरेका छन् । राष्ट्रियताको सवालमा पनि पार्टीको स्पष्ट धारणा आउनुपर्ने कुरा बैठकमा राखेको महामन्त्री थापाले बताए । पार्टी सभापतिहरुले नेपाली कांग्रेसले देशव्यापी प्रशिक्षण तथा जागरणको अभियान चलाउनुपर्ने सुझाव दिएको बताए ।

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.